त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
१०० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा बरामद सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका अशोक लामा छन् ।
बिहीबार नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार लामालाई पनि चिनियाँ नागरिकसँगै पक्राउ गरिएको हो ।
यसअघि राजश्व अनुसन्धान विभागले राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङलाई पक्राउ गरेको थियो ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब १०० किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १७:२१