News Griha :: न्यूजगृह
एक वर्षमा काठमाडौं प्रहरीले पक्राउ गर्‍यो २ हजार अभियुक्त   

काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएका उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएका लाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको बताए ।

अदालतले पक्राउ पुगेकाहरूबाट १२ करोड ८७ लाख ९३ हजार जरिवाना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवाना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार छन् । 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १०:४३
Weather Update