News Griha :: न्यूजगृह
सांसद गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छिन् ।

अवार्डका लागि सोबितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिकालगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए ।

वन योङ वर्ल्ड संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ । वर्ल्डले जनाएअनुसार अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

देशमा युवामा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये ५ जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकको भनाइ छ ।

संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ । द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । 

Sobita_Gautam1689812624.jpg

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:०८
Weather Update