News Griha :: न्यूजगृह
यस्तो छ बुधबार तपाईंको राशिफल

साउन ३ गते बुधबार । अधिक साउन शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग वज्र बालव पुष्य । तपाईंको राशिफल बुधबार यस्तो रहेको छ ।

मेष— भेटघाट र रमाइलोमा समय बित्नेछ । बोलीचालीमा मिठास आउनेछ । पढाइलेखाइमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष— व्यापार व्यवसायबाट लाभ मिल्नेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ । साथीभाइको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

मिथुन— शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ । बोलेको काममा सफलता मिल्नेछ । गरेको कामको उचित मूल्यांकन हुनेछ ।

कर्कट— जागिरमा पदोन्नति हुने समय छ । बौद्धिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ ।

सिंह — धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कन्या— धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । तपाईंको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन् ।

तुला— अरुले विश्वास गर्नेछन् । केही गरिहाल्नुपर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन् ।

वृश्चिक— सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

धनु— सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । कलात्मक क्षेत्रमा राम्रो छ ।

मकर— अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भाग्य बलियो रहनेछ । परोपकारी काममा रुचि बढ्नेछ । मन उत्साहित हुनेछ ।

कुम्भ— नोकरीमा उतार चढाव आउनेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । जग्गा जमिनको कामबाट लाभ मिल्नेछ ।

मीन— अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका कामहरु सुचारु हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिनेछ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०५:३६
Weather Update