News Griha :: न्यूजगृह
राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

काठमाडौं— यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको मंगलबार बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा.पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औं जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए ।

उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २२:१३
Weather Update