News Griha :: न्यूजगृह
हेवाखोलामा फेला परेको शवको पहिचान

सङ्खुवासभा— सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ ।

आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो ।

चैनपुर–४ हेवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले सुपर हेवाखोलमा हाइड्रोपावरका १७ मजदुर बेपत्ता बनाएको थियो ।

शव हाइड्रोपावरको टनेलभित्र फेला परेको थियो । थारुको शव आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा पोष्टमार्रटम गरिएको छ ।

बाढीपहिरोमा परेको अन्य १८ अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २१:५८
Weather Update