News Griha :: न्यूजगृह
चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते

चितवन— बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् ।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते उनीहरूको भरतपुर अस्पतालमा उचार भइरहेकाे छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २१:३२
Weather Update