
काठमाडौं— डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोषकुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन ।
स्पेस फोरके टेलिभिजनका अध्यक्ष दिनेशकुमार शाहीले एक कार्यक्रमकाबीच देवकोटालाई स्वागत गरे । देवकोटासँग छापा तथा रेडिओका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ ।
देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए । त्यस्तै, हाम्रो पात्रोका पूर्वसंस्थापक एमडीको भूमिका निभाएको अनुभवसमेत देवकोटासँग छ । देवकोटा नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्ड अप कमेडी समूह 'नेपग्याजम'का संस्थापक निर्देशकसमेत हुन ।
२०५६ सालमा वीरगञ्जबाट प्रकाशन हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका देवकोटा लामो समय रेडिओप्रसारणमासमेत आबद्ध थिए । एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन ।
टेलिभिजन र डिजिटल प्लाटफर्मलाई सृजनात्मक ढंगले नयाँ कोणबाट एकाकार गर्न सकिनेमा विश्वस्त रहेको देवकोटा बताउँछन् ।