News Griha :: न्यूजगृह
लेलेमा करेन्ट लागेर एकको मृत्यु, स्थानीय आक्रोशित 

काठमाडौं— ललितपुरको गोदावरी नगरपालिका लेले भञ्ज्याङ सौराहामा हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान बाटोमा हिँड्दै गरेका स्थानीय राजु तामाङको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा मृत्यु भएको हो । २६ वर्षीय तामाङ बिहान पाँच बजे बाटोमा हिँड्दै गर्दा तार चुँडिएको स्थानीयको भनाई छ । 

विद्युत प्राधिकरणले उक्त क्षेत्रमा रहेको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनलाई व्यवस्थित नगर्दा मानवीय क्षति भएको भन्दै स्थानीय आक्रोशित  बनेका छन् ।

विद्युत प्राधिकरण ललितपुर शाखामा पटक पटक हाइटेन्सन लाइन व्यवस्थित गर्न तथा रूख कटानका लागि स्थानीयले आग्रह गर्दा बेवास्ता गरेको कारण घटना घटेको  स्थानीय यादव महतले बताए ।

उनले भने, ‘११ हजार भोल्टेजको हाइटेन्सन लाइन यो क्षेत्रमा अव्यवस्थित रुपमा छ । बिहान पाँच बजे बाटोमा हिँडिरहेका राजुको मृत्यु भयो । पटक पटक तार चुँडिने लगायतका घटना हुँदै आएको छ । स्थानीयले बारम्बार त्यसको व्यवस्थापनको लागि विद्युत प्राधिकरणलाई आग्रह गर्दा पनि प्राधिकरणले सुन्दैन, बेवास्ता गर्दै आएको छ ।’ 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १०:५८
Weather Update