शिक्षकहरूलाई एकमुष्ट आर्थिक सुविधा दिन शिक्षा मन्त्रालय सहमत

काठमाडौं— उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरूलाई एकमुष्ट आर्थिक सुविधाको व्यवस्था गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहमति जनाएको छ ।
गत असार १२ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) सँग शिक्षा मन्त्रालयले गरेको १६ बुँदे सहमतिभित्र सो कुरा उल्लेख छ ।
‘साबिक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकलाई काम गरेको अवधिलाई समेत विचार गरी शिक्षा ऐन जारी भएपछिको परीक्षामा उत्तीर्ण हुन नसकेका तथा दरबन्दी तथा राहत अनुदान मा कार्यरत रही ६० वर्ष उमेरका कारण अनिवार्य अवकाशमा जाने वा गएका शिक्षकहरुलाई एकमुष्ट आर्थिक सुविधाको व्यवस्था गर्ने,’ सहमतिको बुँदामा भनिएको छ ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ०७:४२