News Griha :: न्यूजगृह
प्रअ छनोट अब खुला प्रतिस्पर्धाबाट

काठमाडौं— काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि सामुदायिक विद्यालयमा प्रधानाध्यापकको छनोट खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । त्यसका लागि महानगरले कार्यविधि तयार गरिरहेको छ ।

महानगरले तयार पारेको कार्यविधि कार्यान्वयन भएसँगै हाल भइरहेका प्रधानाध्यापक जिम्मेवारीबाट मुक्त हुनेछन् । 

यद्यपि उनीहरू सोही विद्यालयमा शिक्षकको जिम्मेवारीमा भने रहनेछन् । साथै महानगरले महानगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने विषय पनि कार्यविधिमा समेट्ने भएको छ ।

काठमाडौं महानगर पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएको छ । महानगरले शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:०२
Weather Update