काठमाडौं महानगरमा प्लास्टिक प्रयोग निषेध

काठमाडौं— काठमाडौं महानगरपालिकाले सोमबारदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ ।
कामपाले साउन १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्रीवितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
कामपाको प्रमुख बालेन साहले गत असार ६ गते चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोगमा प्रतिबन्ध गर्ने नीति लिने बताएका थिए ।
त्यसका लागि कामपाले प्रचारप्रसार गर्ने र नागरिकहरूलाई ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोग नगर्न आग्रहसमेत गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० २१:३९