मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एकको मृत्यु

मकवानपुर— बागमती गाउँपालिका–८ साततले राजबास पुलमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नम्बरको मोटरसाइकल ठक्कर दिँदा गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरे । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालमा राखिएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक फरार छन् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १०:२७