रास्वपाका उपसभापति अर्याललाई धम्की दिने एक पक्राउ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई म्यासेजमार्फत धम्की दिने एक जना युवक पक्राउ परेका छन् ।
गत असार १९ गते राति साढे १ बजे मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० गते एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका—९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन् । उनीविरूद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १८:४३