News Griha :: न्यूजगृह
कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत— कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक संस्थानमा सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्ति अर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाइदैछ ।

बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ । 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०९:४६
Weather Update