News Griha :: न्यूजगृह
कस्तो रहला सोमबार मौसम ?

काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा आज सोमबार बिहानैदेखि वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार  मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण मुलुकभार बदली र वर्षाको भइरहेको छ ।

अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसाे बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

weathers1689554978.JPG

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०६:३३
Weather Update