News Griha :: न्यूजगृह
पाँचथरको भारपामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

मिक्लाजुङ— मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीया लक्ष्मी तामाङ रहेकी छिन् ।

घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली रहेका छन् ।

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए ।

फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २२:११
Weather Update