श्रममन्त्री भन्छन्– श्रमिकको पारिश्रमिक अत्यन्तै कम छ, बढाउनुपर्छ

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको पारिश्रमिक अत्यन्तै कम रहेको बताएका छन् ।
आइतबार श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउन माग लिएर मन्त्रालय पुगेको नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुसँग मन्त्री भण्डारीले आफू श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउनुपर्छ भन्ने विषयमा सकारात्मक रहेको बताए ।
उनले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वैज्ञानिक ढंगले निर्धारण र वृद्धि हुने व्यवस्था गर्नुपर्ने बताए ।
‘सरकारले सधैँ रोजगारदातासँग झगडा गरेर पारिश्रमिक निर्धारण गर्ने कुरा सम्भव छैन । श्रमिकहरुले समयअनुसार श्रमको मूल्य पाउने बातावरण सुनिश्चित हुनुपर्छ,’ भण्डारीले भने ।
ट्रेड युनियन कांग्रेसले भने श्रमिकहरुको न्यूनतम मूल्य २५ हजार पुर्याउन सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १९:५३