निगमले सोमबारबाट स्वचालित प्रणाली लागू गर्ने
काठमाडौं— नेपाल आयल निगमले इन्धनको मूल्यमा अब स्वचालित प्रणाली लागू गर्ने भएको छ । निगमले भोलि सोमबारबाटै स्वचालित प्रणाली लागू गरी इन्धनको मूल्य निर्धारण गर्ने भएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसीलाई) हरेक १५ दिनमा नयाँ मूल्य निर्धारण गरी पठाउने गर्छ । यसरी नयाँ मूल्य बढेर आए स्वतः बढ्ने र घटेर आए स्वतः मूल्य घट्ने छ ।
निगमले यसअघि पनि स्वचालित प्रणाली लागू गरे पनि बक्यौता रहेको भन्दै कार्यान्वयन गरेको थिएन । अहिले आईओसीको बक्यौता निगमले तिरिसकेर फाइदामा गइसकेको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १७:५७