निगम नाफामा
बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो

काठमाडौं— भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ ।
नेपाल आयल निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।
अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्य अनुसार निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।
आइओसीबाट प्राप्त भएको नयाँ मूल्य पछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ ।
निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ । पछिल्लो पटक गत असार १८ मा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १२:१४