News Griha :: न्यूजगृह
सुन र हिरासहित टीआईएबाट नेपाली मूलका अस्ट्रेलियन नागरिक पक्राउ  

काठमाडौं— सुन र डाइमन्ड सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट नेपाली मूलका अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५५ वर्षीया अभया विश्‍वकर्मा छन् । उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। विश्वकर्मा मलेसियन एअरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् ।

ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनको साथबाट ७ सय ७० ग्राम सुन र हिरा (डायमन्ड सी प्लस ) ५४ ग्राम ७५ मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । 
अवैध रुपमा सुन तथा डाइमन्ड बाह्य मुलुक लैजान लागेको आरोप उनीमाथि लागेको छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:१६
Weather Update