सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो

सङ्खुवासभा— बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ ।
आइतबार बिहान चैनपुर नगरपालिका– ४ मा एक पुरुषको शव फेला परेको तर पहिचान भने खुल्न नसेकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।
यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका– ४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए । १८ जना अझै बेपत्ता छन्।
बाढीपहिरोका कारण विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण करोडौँका भौतिक संरचनामा क्षति पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १५:०६