News Griha :: न्यूजगृह
श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालय अगाडि मेनपावर व्यवसायीको प्रदर्शन

काठमाडौं— श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालय अगाडि मेनपावर व्यवसायीले प्रदर्शन गरेका छन् ।

संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका देशमा जान लागेका कामदारहरूलाई  त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइरहेको भन्दै उनीहरूले आइतबार प्रदर्शन गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:१३
Weather Update