‘अब देखिने गरी काम गरौँ’

बनेपा— बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नगरपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन् ।
बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए ।
मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । ‘वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ’, उनले भने ।
जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो । प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०७:१३