News Griha :: न्यूजगृह
चैते दसैँको दिन देवीको दर्शन गर्दै राशिफल हेर्नुहोस्

आज २०७९ साल चैत्र १५ गते बुधबार । पञ्चांग शोभन विष्टि/भद्रा आर्द्रा । आज चैते दसैँ, सेतो मच्छिन्द्रनाथ रथयात्रा । 

मेष

दिन राम्रो छ । आम्दानी बढ्नेछ । वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ ।

वृष

व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ । बोल्दा ख्याल गर्नुहोला । शत्रू बढ्नेछन् । अरु सबै क्षेत्र यथावत छन् ।

मिथुन

दिन सामान्य राम्रो छ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । आफ्नो प्रभाव बढ्नेछ । राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ । मानसम्मान पाउने योग रहेको छ ।

कर्कट

दिन सामान्य राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ । भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ । मानसम्मान बढ्नेछ । रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ ।

सिंह 

दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ । आम्दानी पनि बढ्ने दिन रहेको छ । पठनपाठनमा भने आलश्य बढ्नेछ । सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ ।

कन्या

दिन सामान्य राम्रो छ । आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन् । पठनपाठनमा रुची बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । आत्मबल बढ्नेछ ।

तुला

आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ । पठनपाठनमा रुची बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ । पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ । धार्मिक क्षेत्रमा मन जानेछ ।

वृश्चिक

दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला । सोचेर मात्र बोल्नुहोला ।

धनु

आफूले गरेका कामबाट सन्तोष मिल्नेछ । राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ । शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ । व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ । रोगबाट छुटकारा मिल्नेछ । प्रेममा धोका पाइनेछ ।

मकर

बोलीको प्रभावले ठूलो फाइदा हुनेछ । अन्य क्षेत्र यथावत छन् । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ । खुसी बढ्नेछ । परिवारिक सुख प्राप्त हुनेछ ।

कुम्भ

दिन सामान्य राम्रो छ । बोलीमा मिठास आउनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ । स्वास्थ्यमा समस्या हुनेछ ।

मीन

प्रशंसा पाउने दिन छ । खुसी बढ्नेछ । वैदेशिक मामिलामा सफलता मिल्नेछ । प्रेममा भने संघर्ष गर्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०६:१४
Weather Update