‘मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छ’

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
उनले भने, ‘तपाईंहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ ।’
नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए ।
यसैगरी उनले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राखे ।
सरकारले माग पूरा गर्ने वचन दिएपछि आन्दोलन स्थगित गर्न समेत नेता खनालले पीडितसँग आग्रह गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ २०:३९