राजकीय सम्मान सहित प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ ।
दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा उनका पति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी गंगा र रेणुले दागबत्ती दिए ।
दाहालको बुधबार बिहान निधन भएको हो । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।






प्रकाशित मिति: बुधबार, असार २७, २०८० १६:१९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






