भाेजमा बाेलाएर अपमानित गरिएकाे भन्दै गाउँपालिका अध्यक्षलाई कारबाही माग
1678581241.jpg)
सिरहा— दलित समुदायमाथि अपमानित व्यहार गरेको भन्दै भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरी सिराहाको गोलबजारमा संयुक्त दलित मोर्चाले प्रदर्शन गरेको छ ।
दलितमाथि सार्वजनिक स्थानमा छोइछिटोको व्यव्यहार गरिनु अपराध भएको भन्दै मोर्चाले गाउँपालिका अध्यक्षलाई कारबाहीको माग गरेको हाे ।
मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरू नै दलितमाथि विभेद गर्न उद्देलित भएको बताए ।
उनले भने, ‘कानुन निर्माता र कार्यान्वयन गर्ने व्यक्तिहरूको यस्तै रवैया रहिरहेमा दलितहरू फेरि आन्दोलित हुनुपर्ने देखिन्छ । भगवानपुर घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म हामी आन्दोलनलाई निरन्तरता दिन्छौं ।’
गाउँपालिका अध्यक्ष यादवले किरिया भोजमा बाेलाएर जातीय विभेद गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ ०६:१३