सभामुख घिमिरेद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त

काठमाडौं— सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १०:३८