News Griha :: न्यूजगृह
सीता दाहालको शव श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) ले जानकारी दिए । 

सीताकाे दिउँसाे २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:३९
Weather Update