News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालकी पत्नी सीताको निधन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

सीताको बिहान करिब साढे ८ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई बिहान अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री दाहाल पनि नर्भिक अस्पताल पुगिसकेको उनको सचिवालयले जानकारी दिएको छ ।

सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ (पी.एस.पी.) बाट पीडित थिइन् ।

sita dahal death1689133549.jpg

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:१६
Weather Update