News Griha :: न्यूजगृह
दार्चुलाको लास्कुमा पुल भत्किँयाे, आवतजावत बन्द

दार्चुला— लास्कु खोलामा आएको बाढीले काठेपुल पुल भत्किँदा स्थानीयलाई समस्या भएको छ ।

महाकाली नगरपालिका १ र ४ नम्बर वडा जोड्ने उक्त पुल सोमबार राति बाढीले भत्काएपछि जोखिम मोलेर यात्रा गर्नु परेको स्थानीयले बताएका छन् ।

पुल भत्किएपछि स्थानीयलाई लास्कु खोला वारपार गर्न समस्या भएको लास्कुका राजेन्द्रसिंह धामीले बताए ।

खोलाले पुलको छेउतिर कटान गरेपछि पुल भत्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:४५
Weather Update