News Griha :: न्यूजगृह
देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : सिंह

काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।

बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनीति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ ।’

नेता सिंहले असल कामको मूल्याङ्कन जनताले गर्ने बताए । नेपालमा भनसुनका कारण विकास निर्माणका काम हुने गरेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा विकास गर्न जरुरी भएको र भनुसुनको हिसाबमा काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गरे ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:३८
Weather Update