News Griha :: न्यूजगृह
डोजरको ठक्करबाट बालकको मृत्यु,चालक नियन्त्रणमा

बाग्लुङ— बाग्लुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा डोजरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा डोजरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले घटनापश्चात् डोजर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:०८
Weather Update