News Griha :: न्यूजगृह
आज सोमबार शिवको पूजा कसरी गर्ने ?

काठमाडौं— हिन्दु धर्मशास्त्र अनुसार सोमबार भगवान् शिवको विशेष दिन हो । यस दिन देवको पनि देव महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ र सूर्य अस्ताए पछि सकिन्छ । शिवलाई भोलेनाथ पनि भनिन्छ ।

भक्तजनले हरेक दिन कमलसहित शिवलिङ्गमा जल चढाएमा भगवान् शिवको कृपा प्राप्त हुने जनविश्वास छ । भगवान् शिवलाई जलाभिषेक गर्ने महत्त्व अपार छ । विशेषगरी शीतल वस्तुहरू जस्तै जल, दूध, दही, घ्यू आदि शिवलाई चढाइन्छ ।

सरल विधिले पूजा गर्न सकिन्छ । पहिले गणेशको पूजा र त्यसपछि तामा, चाँदी वा सुनको भाँडोबाट शिवलिङ्गमा जल चढाउनुपर्छ । जल अर्पण गर्दा शिवको मन्त्र जप गर्नुपर्छ । शिवलिङ्गमा जल, दूध, दहीको साथसाथै मह चढाउनुपर्छ ।

यसरी अभिषेक गरेपछि शिवलिङ्गमा बेलपत्र, धतुरा, फूल आदि चढाउनुपर्छ । मिठाई चढाएर धूप र दीप प्रज्वलन गरी आरती गर्नुपर्छ । ओम नमः शिवाय शिवमन्त्र जप गर्न पनि सकिन्छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०६:१४
Weather Update