
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८०, हरियो अंगुर १२०, अनार २५० र आभोकाडो ५००, अमला १००, किवि ४०० र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेंडा ४०, अदुवा ११०, रातो आलु २३, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५०, कागती २६०, सुकेको खुर्सानी ४५० र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५, गान्टे मूला ६०, गुन्द्रक २५०, राजमा घिउ सिमी ११०, चमसूरको साग ११०, कन्य च्याउ १५०, डल्ले च्याउ २५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १२०, तोरीको साग ४०, लोकल परवर ९०, भारतीय सुकेको प्याज ३३, हरियो प्याज ४०, पुदीना १५०, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।
ब्रोकाउली ८०, भान्टा लाम्चो ४०, भिण्डी १३०, रुख टमाटर १३०, रुख कटहर ९०, भुइँ कटहर १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७०, लौका ५० र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २८०, बचुवा माछा २६० साथै मंगुरी माछा ३२० र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।