आरजु नयाँ दिल्लीमा

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा प्रतिनिधि सभा सांसद आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छिन् । सोमबार साँझ आमा प्रतिभा राणासहित आरजु भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।
मन्त्रीकाे सूचीमा राणाको नाम चर्चामा रहेको बेला कांग्रेस केन्द्रीय सदस्य पनि रहेकी राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन् ।
नियमित स्वास्थ परीक्षणका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ०९:१९