देशको भूराजनीतिक परिस्थितिको मूल्याङ्कनपछि मात्रै सेनाको संख्याबारे सोच्नुपर्छ : प्रधानसेनापति

काठमाडौं— नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संख्या कटौतीप्रति असन्तुष्टि जनाएका छन् ।
मेलम्चीमा इन्द्रावती नदीमा बेलिब्रिज उद्घाटन समारोहमा उनले नेपालको भूराजनीतिक परिस्थितिको गम्भीर मूल्याङ्कनपछि मात्रै सेनाको संख्याबारे सोच्नुपर्ने बताए ।
‘नेपाली सेनाको संख्याका सम्बन्धमा बेलाबखतमा हुने गरेको बहसबारे पनि हाम्रा दाजुभाइ दिदीबहिनीले सुनीराख्नु भएको छ । सतही रुपमा तपाईंहरुले कतिलाई नेपाली सेनाको हालको संख्या ठूलो लाग्नसक्छ,’ उनले भने,‘तर नेपाल सरकारले दिएको जिम्मेवारी र गरिरहेको कामलाई हेर्नुभयो भने अझै संलग्नता बढी चाहिन्छ भन्न सकिन्छ ।’
उनले नेपाली सेना र जनताबीचको सम्बन्ध बलियो भएमात्रै राष्ट्रियता बलियो हुने बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० २१:३१