चट्याङ लागेर सप्तरीमा किसानको मृत्यु

सप्तरी— सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर शुक्रबार मृत्यु भएको छ ।
घर नजिकैको खेतमा काम गरिरहेका बेला पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १८:५३