कति भयो रोपाइँ ?

काठमाडौं— मुलुकभर अहिलेसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ ।
गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए। विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।
साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १६:५९