१० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी— प्रहरीले जलेश्वर नगरपालिका— ३ बाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रुपैयाँसहित भारत नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिहार प्रान्त सीतामढी थाना सुरखण्ड ग्राम शिखण्डी— ५ का २० वर्षीय चन्दन कुमार साफी छन् । प्रहरी चौकी भिट्टामोडबाट खटिएको टोलीले उनलाई गएराति पक्राउ गरेको हो ।
भारतीय नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट स्रोत नखुलेको नगद फेला परेपछि उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १२:१५