News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं—बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा ४ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

उनका अनुसार पूर्वसहसचिव सुधीरकुमार साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:५९
Weather Update