News Griha :: न्यूजगृह
एलओडी क्लबका अर्का सञ्चालक रुदिल पनि पक्राउ

काठमाडौं— ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्लभ श्रेष्ठ पक्राउ परेका छन् ।

ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो ।  गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
यसअघि बिहीबार साँझ क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । एलओडी क्लब पुगेकी १६ वर्षीया नाबालिगलाई ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो ।

जेठ ३१ गते बिहान प्रहरीले नाबालिगलाई ललितपुरबाट उद्धार गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:१५
Weather Update