एलओडीका सञ्चालक पक्राउ

काठमाडौं— ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।
एलओडीमा गएकी एक १६ वर्षीया नाबालिग बलात्कृत भएको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको हो ।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने एसएसपी शाहको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १९:५८