News Griha :: न्यूजगृह
वनको जग्गामा नेताहरूका ठूला आँखा, वन मन्त्रीलाई भन्छन्— जंगलको जग्गा किन्नुपर्‍यो, त्यहाँ यो गर्दिनुपर्‍यो 

काठमाडौं— वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरूका आँखा लाग्ने गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री महतोले वनको जग्गामा नेताहरूका ठूला आँखा लाग्ने गरेको बताएका हुन् ।

उनले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेका बताए ।उनले भने,‘वनको जग्गामा पब्लिक भन्दा पनि नेताहरूका ठूला आँखा लाग्ने । अनि राजनीतिक दबाब । अनि के–के छुटेजस्तो ठूल्ठूला नेताहरू खाली जंगलको जग्गा
किन्नुपर्‍यो, त्यहाँ यो गर्दिनुपर्‍यो । त्यहाँ त्यो गर्दिनुपर्‍यो । सबैको आँखा जंगलमा जान्छ ।’

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १९:२९
Weather Update