जब नहरमा वृद्धको शव देखियो

कञ्चनपुर— कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्धओड मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार ओड वेदकोट–६ घुर्सुवामा नहरमा मृत फेला परेका हुन् ।
‘नहरमा हामफालेर बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा शव भेटिएको हो’,उनले भने,‘खोजी गर्दै जाँदा २५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।’
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १८:१५