News Griha :: न्यूजगृह
आज मंगलबारको राशिफल

आज चैत्र १४ गते मंगलबार । चैत्र शुक्ल सप्तमी तिथि । पञ्चांग सौभाग्य गर मृगशिरा । आज गणेश भगवानको पूजा गर्ने दिन । राशिफल यस्तो छ ।

मेष  विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ ।

वृष  आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ ।

मिथुन नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रशन्नता मिल्नेछ ।

कर्कट प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।

सिंह रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ ।

कन्या सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ ।

तुला  प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ ।

वृश्चिक आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

धनु विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । व्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

मकर काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ ।

कुम्भ सामान्य कामबाट राम्रो लाभ उठाउन सकिने छ । लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ ।

मीन अध्ययन अध्यापनमा प्रगति हुनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०६:०२
Weather Update