News Griha :: न्यूजगृह
सेवाग्राहीसँग घुस लिँदै गर्दा लेखापाल र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा

काठमाडौं— महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय बर्दिवासबाट खटिगएको अख्तियार टोलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे । उनीहरुलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दालहालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २१:२२
Weather Update