News Griha :: न्यूजगृह
घुससहित इन्जिनियर पक्राउ

भैरहवा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक पीसीसी र ग्राभेल गर्ने कार्यको प्रसंगमा घुस लिँदै गर्दा रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई बुधबार ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

कोटहीमाई गाउँपालिका ७ अन्तर्गतको सडक पीसीसी र भेबेल गर्ने कार्यको नापजाँचपश्चात भुक्तानी दिने भन्दै सेवाग्राहीबाट घुस माग गरेको सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको आयोगद्वारा विज्ञप्तिमा जनाइएको छ ।

सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादव रु. ४५,०००/- घुस रकमसहित नियन्त्रणमा।


 

प्रेस विज्ञप्ति:- मिति २०८०।०३।२० गते ।
----------------------------------------------------

जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक PCC र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज इन्जिनियर अर्विन्द कुमार यादवलाई सेवाग्राहीबाट रु.४५,०००।–(पैतालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०३।२० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

प्रवक्ता
भोला दाहाल

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:१०
Weather Update