News Griha :: न्यूजगृह
जातीय विभेदविरुद्ध माइतीघरमा जसपाको खबरदारी

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले जातीय विभेदकाविरुद्ध खबरदारी गरेको छ । बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई पार्टी र पार्टीनिकट संगठनहरूले खबरदारी गरेका हुन् ।

उनीहरूले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदकाविरुद्ध खबरदारी गरे ।

उनीहरूले पीडितको घरमा राति आगो लगाएर मान्छे मार्ने योजनाअनुसार घरमा आगो लगाइएको भन्दै यस्ता घटनामा दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए ।

उनले यस्ता घटनामा दलितहरु मुक्तिका लागि लड्नुपर्ने बताए । उनीहरुले सरकारले अमानवीय घटना हुँदासमेत बेवास्ता गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:४७
Weather Update